ताजा अपडेट »

८ औं मणिमुकुन्द रनिङ कप : दोस्रो दिनको पहिलो खेलमा नवलपुर विजयी

बुधबार, २५ माघ २०७९, ११ : ५३
4 Shares

बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको पहिलो खेलमा नवलपुर विजयी भएको छ । जिल्ला भबिल संघ नवलपुर र जिल्ला भबिल संघ बागलुङका बीच भएको प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा नवलपुरले जित दर्ता गर्दै अंक जोड्न सफल भएको हो ।

प्रयितोगिताको पहिलो सेट बागलुङ जिल्लाले २५–२० को सटेमा आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेटमा २५–१८ अंकसहित नवलपुरले आफ्नो पक्षमा पार्न सफल भएको थियो । यसैगरी तेस्रो सेट बाग्लुङले २५–१८ को अंकसहित आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा भने नवलपुरले खेललाई लयमा फर्काउँदै २५–१९ को सेटमा जित दर्ता गरेपछि खेल २–२ को बराबरीमा गएको थियो । अन्तिम सेटको खेलमा भने बागलुङलाई सहज रुपमा पछि पार्दै नवलपुर १५–९ को सेटमा जित दर्ता गरेको छ । यो खेलसँगै नवलपुर प्रतियोगितामा लगातार २ वटा जित दर्ता गर्न सफल भएको छ । प्रतियोगितमा नवलपुरका अशोक श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् ।

तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा जारी प्रयोगितामा दोस्रो खेल जिल्ला भलिबल संघ गुल्मी र नवलपरासीका बीच प्रतिस्पर्धा हुने छ । तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पाल्पाका बीच प्रतिस्पर्धा हुने छ । दोस्रो दिनको अन्तिम तथा चौथो खेल जिल्ला भलिबल संघ म्याग्दी र जिल्ला भलिबल संघ बागलुङका बीच प्रतिस्पर्धा हुने छ ।

मँगलबार भएको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ । पर्वतले रुपन्देहीलाई ३–० को सोझो सेटमा जित हासिल गर्दै अंक जोड्न सफल भएको हो । मँगलबार नै भएको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुर विजयी भएको छ । नवलपुरले जिल्ला भलिबल संघ म्याग्दीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।