१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं रनिङशिल्ड भलिबल कपको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ । पर्वतले रुपन्देहीलाई ३-० को सोझो सेटमा जित हासिल गर्दै अंक जोड्न सफल भएको हो ।

Advertisement

पर्वतले २७-२५, २५-२२ र २६-२४ को सोझो सेटमा रुपन्देहीलाई पराजित गरेको हो ।प्रतियोगितामा पर्वतका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका छन् । यसैगरी मँगलबार नै भएको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुर विजयी भएको छ । नवलपुरले जिल्ला भलिबल संघ म्याग्दीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । २५-२२, २५-१६ र २५-११को सेटमा जित दर्ता गर्दै नवलपुरले अंक जोडेको हो । प्रतियोगितामा सन्तोष राना मगर म्यान अफ दी म्याच घोषि भए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले खेलकूदको विकासका आवश्यक भौतिक पूर्वाधार निर्माण तथा अन्य आर्थिक सहयोगका लागि तयार रहेको बताए । भौतिक तथा पूर्वाधारको विकाससँगै मानवीय विकास महत्वपूर्ण रहेको बताउँदै उनले स्वास्थ्यका लागि खेल महत्वपूर्ण रहेको बताए । यसैगरी लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकास भट्टराईले खेलकूदको विकासका लागि भौतिक पूर्वाधारको निर्माण तथा खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यक्रमहरु आवश्यक रहेको बताए ।

जिल्ला खेलकूद विकास परिषद रुपन्देहीका हरी क्षेत्री, मणिमुकुन्द भलिबल क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, संस्थापक सुरेन्द्र गुरुङ लगायतले बोल्दै प्रतियोगिता सफलताका लागि शुभकामना व्यक्त गरे । क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीको अध्यक्षमा भएका कार्यक्रमको सञ्चालन सचिव कासिराज गौतमले गरेका थिए ।

क्लबको खेल मैदान तिलोत्तमा २ मा जारी प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

लिक कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार ४ वटा खेल हुने भएका छन् । बुधबार पहिलो खेल जिल्ला भलिबल संघ बाग्लुङ र जिल्ला भलिबल संघ नवलपुरका बीच हुने छ भने दोस्रो खेल जिल्ला भलिबल संघ गुल्मी र नवलपरासीका बीच प्रतिस्पर्धा हुने छ । यसैगरी तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पाल्पाका बीच प्रतिस्पर्धा हुने छ । दोस्रो दिनको अन्तिम तथा चौथो खेल जिल्ला भलिबल संघ म्याग्दी र जिल्ला भलिबल संघ बागलुङका बीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल विहान साढे ९ बजेदेखि हुने छ भने दोस्रो विहान साढे ११ बजेदेखि सुरु आयोजकले जनाएको छ । यसैगरी तेस्रो खेल दिउँसो साढे १ बजे तथा चौथो खेल दिउँसो ३ बजे हुने छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित मन्त्री परिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै