१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थि उपस्थिती बढाउन हाजिरीको आधारमा विद्यार्थिलाई नगद छात्रवृत्ति वितरण गर्न सुरु गरेको छ । शुक्रबार नगर प्रमुख धनपत यादवले रामग्राम १५ शुक्रौलीमा रहेको जनता मावि बाट विद्यार्थिलाई उपस्थितीको आधारमा दिईने मेयर छात्रवृत्ति नगद अनुदान कार्यक्रमको सुरुवात गरेका छन् ।

Advertisement

बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत नगर भित्रका सबै विद्यालयका बालबालीकालाई उपस्थितीको आधारमा दैनिक दश रुपैयाँका दरले नगद प्रदान गरिने छ । सानो कक्षा बाटै विद्यार्थि विद्यालयमा अनुपस्थित हुदा बालबालिकाको सिकाईमा असर परेको र शिक्षक अभिभावक बिच पनि दुरी बढेकाले यस्तो कार्यक्रम सुरु गरिएको नगर प्रमुख यादवले बताए ।

गरिव विपन्न वर्गका बालबालीका अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिक सुधार आफ्नो मुख्य प्राथमकिता रहेको बताउदै उनले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन अभिभावकहरु पनि जिम्मेवार बन्नुपर्ने बताए। आफ्ना बालबालीकाका पढ्ने विद्यालयको अवस्था, शिक्षकको उपस्थितीका विषयमा अभिभावकले चासो दिए शैक्षिक सुधार गर्न सकिने बताए ।

नगरपालिकाले अब बालबालीकाको क्षमता विकास गर्न सबै मावि स्तरका विद्यालयमा अतिरिक्त क्रियाकलाप सम्बन्धि अध्ययन गराउन एक एक जना शिक्षक नियुक्त गर्न लागेपनि नगर प्रमुख यादवले जानकारी दिए । सो क्रममा वडा नम्बर १५ का वडा अध्यक्ष धनपत यादवले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउनुपर्ने बताउदै यसका लागी सबै तनमनले लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नगर शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रह्रमदेव सिंह, प्रधानअध्यापक चन्द्रमणी लम्साल लगाएतले बताए । सो विद्यालयमा आजै कक्षा पाँच सम्मका बालबालीकालाई पाँच महिनाको उपस्थितीको आधारमा नगद प्रदान गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेटमा यो कार्यक्रम समावेश गरेर लागु गरेको हो ।

रामग्राम नगर भित्र १० ओटा मावि सहित कुल ३२ ओटा सामुदायिक विद्यालय रहेका छन् । ति विद्यालयमा बालविकासका १ हजार १ सय ४६ सहित कक्षा ५ सम्म ४ हजार ६ सय ८९ विद्यार्थि अध्ययनरत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी