११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

काठमाण्डौं । ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका आठ जना सार्वजनिक गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर छन्। यस्तै वीरगन्जका २८  वर्षीय राजु पटेल, २० वर्षीय साहिल परबैज र १९ वर्षीय शिवशंकर राउत पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएका थिए। त्यसपछि परिसरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरेको हो।

एसएसपी सिद्धिविक्रम शाहका अनुसार उनीहरूले काठमाडौं उपत्यका र हेटौंडामा बसेर यो धन्दा चलाइरहेका थिए। ठगी गर्ने समूहका नाइके राजु पटेल हुन्। उनी व्यवस्थापकको भूमिकामा थिए। उनीहरूले ‘नेपाली केटी’ भन्ने एप बनाएका थिए। जुन एप उनीहरूले ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे।

‘रियल नम्बर’ भन्ने एप प्रयोग गरी उनीहरूले ठूलो संख्यामा अपरिचित व्यक्तिहरूको नम्बर पाएको एसएसपी शाहले बताए। ‘त्यो एप प्रयोग गरेर उनीहरूले थुप्रो नम्बरहरू निकाले। त्यसमा उनीहरूले त्यो एपको लिंक पठाउने गरेको देखियो,’ उनले भने, ‘ठेगाना पत्ता नलागोस् भनेर उनीहरूले भिपिएन पनि प्रयोग गरेको देखियो। जसले यहाँको नभएर अन्तै कुनै देशको ठेगाना देखाउँथ्यो। एपको लिंक खोल्नबित्तिकै फोनमा आफैं डाउनलोड हुने गरी सिस्टम बनाएका थिए।’

यसरी मेसेजमा पठाएको एपको लिंक खोलेपछि ‘नेपाली केटी चाहिन्छ ?’ भन्ने जस्ता मेसेजहरू फोनमा देखिन्थ्यो। एप फोनमा डाउनलोड भएसँगै ह्याक हुने गरेको उनले बताए।

यसरी एप बनाउने दुई जना युवाहरू छन्। २० वर्षीय साहिल र १९ वर्षीय शिवशंकरले एपको विकास गरेको एसएसपी शाह बताउँछन्। ‘कहाँबाट सिकेको भनेर हामीले सोधेका थियौं । अनलाइनमार्फत् सिकेको भनेका छन्,’ उनले भने, ‘शैक्षिक योग्यता हेर्दा उनीहरूले प्लस टू मात्रै सकाएको देखियो। पहिले कुनै आपराधिक पृष्ठभूमिमा भएको पनि पाएनौं।’

उनीहरूले इ-वालेटबाट विभिन्‍न बैंक खातामा पठाएको पनि प्रारम्भिक अनुसन्धानबाट देखिन्‍छ। डिएसपी दीपक भारतीका अनुसार फोन ह्याक गरेर उनीहरूले पैसा झिकिहाल्दैनथे। ‘तीन वटा लेयरमा काम गरेको देखिन्छ। एउटा व्यवस्थापक, आइटी र तेस्रो खालका मानिसहरूले कागजात संकलन गर्ने र पैसा झिक्ने गर्थे,’ उनले भने, ‘सन्तोष र नागेन्द्रलगायत एटिएमबाट पैसा झिक्ने भूमिकाका व्यक्तिहरू हुन्।’

उनीहरूले पैसा पनि सीमानामा रहेका एटिएमबाट झिक्ने गरेको उनले बताए। परिसरमा जाहेरी परेका पीडितको फोनबाट झिकिएको पैसा निकालेको थाहा पाएपछि प्रहरीले हेटौंडाबाट एक जनालाई पक्राउ गरेको थियो। त्यसपछि शृंखलाबद्ध रूपमा अन्यलाई पनि विभिन्न ठाउँबाट पक्राउ गरेको डिएसपी भारतीले बताए।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी