११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

बुटवल । नेकपा एकिकृत समाजवादीका उपमहासचिव एंव प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्तकाल एकता नहुने बताएका छन् । उनले वामशक्ति निर्माणका लागि वार्ता र छलफल भइरहेको बताउँदै पार्टी एकता हुने अवस्था नरहेको स्पष्ट पारे । नेकपा एकिकृत समाजवादी रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले वैचारिक कम्यूनिष्ट पार्टी निर्माणका लागि वाम ध्रविकरणका लागि छलफल मात्रै गरिएको बताए ।

Advertisement

उनले त्यो वैचारिक कम्यूनिष्ट पार्टीको नेतृत्व नेकपा एकिकृत समाजवादीले मात्रै गर्ने बताए । वामपन्थी नेता घनश्याम भुसालको आगमन नयाँ र वैचारिक कम्यूनिष्ट पार्टी बनाउने अभियानकै निरन्तरता भएको उनको भनाई छ । उपमहासचिव खतिवडाले नेता घनश्याम भुसाल स्वघोषणा गरेर हालै नेकपा एकिकृत समाजवादीमा आएकोे र अहिले वामदेव गौतम र भिम रावललाई पनि पार्टीमा ल्याउन प्रयास भइरहेको बताए । उनले आगामि साँढे ४ बर्षपछि हुने स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीले एक्लै निर्वाचन लड्ने हैसियत बनाउने बताउँदै कार्यकर्तालाई दोधारे भएर नबस्न आग्रह गरे ।

खतिवडाले आगामि साँढे ४ वर्षपछि हुने निर्वाचनमा नेकपा एकिकृत समाजवादी एक्लै निर्वाचन लड्ने तागतमा हुने बताउँद दोधारे मन नबनाउन नेता कार्यकर्तालाई आग्रह गरे । ‘आउदो चुनावमा कसैसँग गठबन्धन पनि नगर्ने गरि पार्टी बनाउँछौं, त्यसका लागि तिव्र रुपमा संगठन निर्माणमा जुटौं’ उनको कार्यकर्तालाई अपिल छ । उनले नयाँ कम्यूनिष्ट पार्टीका रुपमा स्थापित गर्नका लागि प्रशक्षिण, छलफल र बैचारिक बहस बढाईने बताए । नागरिकहरुले समस्याबाट मुक्ति पाउन नसकेकाले त्यस्ता समस्याहरुलाई सम्बोधन गर्नका लागि समाजवादीका नेताहरु लाग्नुपर्नेमा उनले जोड दिए ।

भेटघाटमा पार्टीका पोलिटब्यूरो सदस्य डा. कृष्ण पन्थ, केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे, प्रदेश सदस्यहरु राजेन्द्र पाण्डे, थानेश्वर भट्टराई, जिल्ला अध्यक्ष अविराम विश्वकर्मा, उपाध्यक्ष चिनबहादुर गुरुङ, जिल्ला सचिव सरिता श्रीस लगायतका नेताहरुको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी