ताजा अपडेट »

सुनको मूल्य ५०० रुपैयाँले घट्यो

मंगलबार, १७ माघ २०७९, १२ : २६

काठमाडौं । सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । 

मंगलबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।