१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

Advertisement

खोटाङ । खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति ऋण चुक्ता नगर्ने ऋणीको जग्गा रोक्काका लागि जिल्ला मालपोत कार्यालय पुगेको छ । बचत अपचलनका कारण संकटमा फसेको सहकारीका सञ्चालक समिति ऋण चुक्ता गर्न बेवास्ता गर्ने ऋणीको जग्गा रोक्काका लागि मालपोत कार्यालय पुगेको हो ।

रकम चुक्ता गर्नका लागि पटक–पटक पत्र पठाउँदा, फोन सम्वाद गर्दा र जमानीलाई पत्राचार गर्दा समेत ऋण चुक्ता नभएपछि सहकारीको माघ १३ गते बसेको बैठकको निर्णयअनुसार पहिलो चरणमा आठ जना ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन दिइएको सहकारी सञ्चालक समितिले जनाएको छ । 

ऋण चुक्ता गर्न नआएको खण्डमा सोही चल–अचल सम्पत्ती विक्री गरी असुल उपर गर्नुपर्ने भन्दै सञ्चालक समितिले प्रदेश सहकारी ऐन २०७६ को दफा ६९ को उपदफा २ बमोजिम रोक्काका लागि मालपोतमा निवेदन दिएका हुन् । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, सुनसरीले ऋण असुल गर्नका लागि सबै खालका कानुनी कारबाही गर्न माघ ३ गते पठाएको आदेशका आधारमा जग्गा रोक्काका लागि मालपोत कार्यालय पुगेको सञ्चालक समितिले बताएको छ ।

सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् । थोपाथोपा गरेर जम्मा गरेको बचत डुबेको भन्दै बचतकर्ता छटपटिमा छन् । बचत फिर्ताका लागि बचतकर्ता दैनिकजसो सहकारीको ढोका ढककाउन पुग्ने गरेका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रयास सुरु गरेको जनाएको छ । 

वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ २०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । जोशीको निधनपछि २०७८ बैसाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । 

सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजनाले ४५ लाखसम्म बचत गरेका छन् । सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । सहकारीको जग्गा बाहेक सावा व्याजसहित करिब १० करोड ऋण लगानी छ । बचतकर्तालाई सावाँव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाब छ । तर, अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन भइरहेको छ ।

सहकारीको नाममा खरिद गरिएको जग्गा समेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ । त्यसमध्ये तत्कालिन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी