Mar 25, 2023
धनगढी। कैलालीमा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ ।जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले बन्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थारुले मंगलवार राति ७१ वर्षीया (आमा) लगनी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन् ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएपछि थरुनीलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो। तर, लम्कीमा उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएकोमा उनको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको बताइएको छ । उता, इलाका प्रहरी कार्यालय लम्कीले हत्या आरोपित थारुलाई पक्राउ गरेको जनाएको छ। उनलाई मंगलवार बिहान नै जंगलबाट पक्राउ गरिएको हो। श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ ।
हत्याको प्रारम्भिक अनुसन्धानबाट आमा (लगनी) ले वृद्धभत्ताको पैसा नदिएपछि आरोपित थारुले बन्चरोले ढाड र खुट्टामा प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्