११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

Advertisement

लमजुङ ।  लमजुङ सदरमुकाम बेंसीसहर आउने एकमात्र डुम्रे-बेंसीसहर सडकको उदिपुर देउराली डाँडा पहिरोमा फेरि त्रास बढेको छ ।हिउँदमा समेत सुख्खा पहिरो जाने गरेको र यसले बर्खायाममा झन दुःख दिन थालेपछि बैकल्पिक सडक निर्माणका लागि स्तरोन्नतिको पहल थालिएको हो। 

बेंसीसहर नगरपालिका- ८ को प्रशासन चोक हुँदै बाँझाखेत भएर आँपचौर, चितीको बरबोट, रिट्ठेबगर हुँदै मस्र्याङ्दी नदी पारीको बाटो उदिपुरसम्म बैकल्पिक सडक स्तरोन्नतिको पहल थालिएको हो ।

उक्त सडकको प्रतिनिधिसभा सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको एक टोलीले गत शनिबार अनुगमन पनि गरेको थियाे । संविधानसभा सदस्य जमीन्द्रमान घलेका अनुसार उक्त टोलीले उदिपुर देउरालीडाँडाको पहिरोको निरीक्षण अवलोकन गर्दै उदिपुरबाट रिट्ठेबगर हुँदै पारीको बाटोको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा एमालेका उपमहासचिवसमेत रहेका पृथ्वीसुब्बा गुरुङले वैकल्पिक सडक निर्माणको लागि पहल थालिने बताए । उनले सडक स्तरोन्नतिका लागि मन्त्रालयमा पुगेको फाइल अघि बढाउन आफू लागिपर्ने बताए ।

गत भदौ ११ गते पहिरोले यसअघिको डाइभर्सन सडक समेत बगाएपछि कहिले नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै र कहिले माथिल्लो बाटो तथा कहिले पहिरो गएकै बाटो मर्मत गरेर अस्थायी रुपमा सवारी आवागमन गराइरहेको छ । 

यसले जोखिम बढेको भन्दै नागरिक तहबाट सडक छिटो निर्माण गर्न सडक कार्यालयलाई दवाव दिइरहेको छ । वैकल्पिक सडक निर्माण गर्न नसकिए अझै बर्खायाममा ३–४ महिना नै बन्द हुन सक्ने बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए ।

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका कार्यालय प्रमुख ईन्जिनियर अच्युतविलास पन्तले बैकल्पिक सडक निर्माणको लागि मस्र्याङ्दी पारीपट्टीको सडकको स्तरोन्नति गर्न १० लाख रुपैयाँको स्टेमेटसहित सडक विभागमा पुगेको बताए।

अहिले पहिरो गएकै ठाउँमा पक्की सडक निर्माणको लागि २० करोड रुपैयाँ बराबरको टेन्डर आह्वान भएर सडक निर्माण प्रक्रिया अघि बढेको छ । यो सडक चालु आर्थिक वर्षभित्र निर्माण नसक्ने भएको हुँदा बैकल्पिक सडक निर्माणबिहान सदरमुकाम बेंसीसहर साथै मनाङसम्मको सवारी साधन आउजाउमा समस्या हुने प्रमुख पन्तले बताए  ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी