१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुंगे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्याश भएको हो ।

Advertisement

बुद्धनगरमा एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले सडकको शिलान्यास गर्नुभयो । सडकको शिलान्यास गर्दै प्रमुख पाण्डेयले बुद्धनगरदेखि नहरपुरसम्मको सडक विस्तारका क्रममा स्थानीयलाई साथमा लिएर काम अघि बढाउने बताए । उनले स्थानीयलाई लाभ हुने र पूर्वपश्चिम राजमार्गको तिनाउ पुल निर्माणको काम शुरु भएपछि वैकल्पिक सडकका रुपमा प्रयोग हुने गरी सडक विस्तार गर्न लागिएको बताए।

उनले स्थानीयको आवश्यकता र मागअनुसार सडक विस्तारको काम अघि बढाउने बताउँदै निर्माण व्यवसायीलाई साथ दिन आग्रह गरे ।कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले समयमै काम सम्पन्न गर्न स्थानीयले साथ दिनुपर्ने र नियमित रुपमा अनुगमन गर्ने बताए ।प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवल उपमहानगरपालिकाका भित्री सडकहरुको स्तरोन्नति र निर्माणको काम शुरु भएको र यसले निरन्तरता पाउने बताए ।

वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले स्थानीयको आवश्यकता र मागलाई सम्बोधन गर्दै सडक निर्माण शुरु भएको र स्थानीयले निर्माणमा साथ दिनुपर्ने बताए । २ करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता भएको सडक आगामी जेठ १५ भित्र सम्पन्न गर्ने गरी थापा दास जेभी बुटवलले ठेक्का पाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित मन्त्री परिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै