ताजा अपडेट »

पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु

सोमबार, १६ माघ २०७९, १० : ५३
44 Shares
सोमबार, १६ माघ २०७९
44 Shares

नेपालगञ्जकोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएको छ । कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा दुई वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमती गंगासँगको विवादका क्रममा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

जलेर घाइते भएका दुवैलाई कोहलपुरमा उपचारपछि नेपालगञ्जमा भेरी अस्पतालमा ल्याइएकोमा आज बिहान ६ बजेतिर छोरा प्रिन्सको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगाको भने उपचार भइरहेको छ। प्रहरीले भानुभक्तलाई नाकाबाट पक्राउ गरेको छ। उनीहरू भारततिर भाग्दै थिए। आइतबार साँझ ७ बजे घटना भएकोमा राति ११ बजेतिर घाइतेलाई नेपालगञ्ज ल्याइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।