ताजा अपडेट »

बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण

शुक्रबार, १३ माघ २०७९, १६ : ५८
20 Shares

बुटवल । रुपन्देहीको बुटवल ११ कालीकानगरमा अवस्थित इन्टलेक्चुअल स्कुलमा खेलकुद सप्ताहमा उत्कृष्ट बिद्यार्थीलाई शुक्रबार मेडल तथा प्रमाणपत्र बितरण गरीएको छ । खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीलाई विभाजन गरि प्रतियोगिता गराइएको थियो ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएको खेलकुद कार्यक्रममा भलिबल, फुटसल, रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदकलापमा, साइकिल दौड, बास्केटबल, खो–खो लागायतमा ४० इभेन्टहरुमा प्रतिस्प्रर्धा गराईएको थियो । पुरस्कार तथा मेडल स्कुल सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनी, प्रबन्ध निर्देशक रामराज पोख्रेल, संचालक सदस्य लक्ष्मण कुँवर, कोर्डिनेटर माया पौडेल, मित्रजन भण्डारी, अतिरिक्त क्रियकलाप संयोजक मनोज क्षेत्री, शिक्षक, सुरज विक लगाएतले बितरण गरेका थिए। खेलासप्ताह माघ ३ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।