ताजा अपडेट »

सभामुख देवराज घिमिरेले लिए शपथ

शुक्रबार, ०६ माघ २०७९, १२ : ०१
10 Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । एमालेका नेता रहेका घिमिरे सत्तारुढ दलको समर्थनमा सभामुखमा निर्वाचित भएका हुन् । शपथ ग्रहणपछि उनी लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गर्न जाने र त्युसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।