ताजा अपडेट »

रूसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई घर फर्काउन पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

सोमबार, ०५ चैत्र २०८०, १४ : ५७
54 Shares
सोमबार, ०५ चैत्र २०८०
54 Shares

 

काठमाडौं, ५ चैत । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको जानकारी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद जानकारी दिएका छन् ।


आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरूको सोमबार बसेको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई नेपाल फर्काउने वार्ता अघि बढाएको बताए । 

 

उनले रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउने र मृतकको शव नेपाल पठाउन रूसलाई अनुरोध गरिएको उनको भनाइ छ ।


‘मैले रूसका विदेश मन्त्रीसँग टेलिफोन वार्ता गरेँ । रूसका तर्फबाट महामहिम राजदूतसँग भेटवार्ता गरी नेपालीहरूलाई रूसी सेनामा भर्ती नगर्न सम्झौता भए खारेज गर्न र शव नेपाल पठाउन, क्षतिपूर्ति दिन अनुरोध गर्ने काम गरेको छु,’ बैठकमा मन्त्री श्रेष्ठले भने । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।