ताजा अपडेट »

प्रतिनिधिसभा बैठक सर्‍यो

मंगलबार, २६ पुस २०७९, १० : ३८
14 Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक सरेको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । 

नेपाली काँग्रेसको आग्रहमा दिउँसो १ बजेका लागि सरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय लिने भनिएको कांग्रेस संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा नआइपुग्दा बस्न नसकेको हो । प्रधानमन्त्री प्रचण्डले सोमवार देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।