ताजा अपडेट »

टिपरको ठक्करबाट डेढ वर्षीय बालक गम्भीर घाइते

बुधबार, २१ मंसिर २०७९, १२ : ५५
2 Shares

काठमाडौं । पर्साको वीरगन्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका १४ स्थित टिपरको ठक्करबाट स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते बालकलाई उपचारको लागि चितवन पठाइएको प्रहरीले बताएको छ । ना ३ ख ७४ २३ नम्बरको टिपरले हिजो बेलुकी ७ बजे बालकलाई ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ  । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।