१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

बारा ।  गत बिहीबार भएको सवारी दुर्घटनामा घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएकाे थियाे । उपचारमा लागेकाे खर्च तिर्न नसकेका कारण चार दिनदेखि उनकाे शव वीरगन्जस्थित अस्पतालमै थियाे । चन्दा संकलन गरेर स्थानीयले आज शवकाे पेष्टमार्टम गरी सडकमै शव राखेर प्रदर्शन गरेका छन् । 

Advertisement

स्थानीय र माझीका आफन्तहरूले जितपुरसिमराको सडकमा अवरोध गर्दै प्रदर्शन गरेका हुन्। साे क्रममा उनीहरूले ठक्कर दिने सवारीसाधन प्रहरीले नखाेजेकाे आराेप लगाएका छन् । माझीको मृत्यु सोही दिन साँझ पाँच बजेतिर न्युरो अस्पताल वीरगन्जमा भएको हो । पथलैया–निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा सेतो रंगको सवारी साधनले साइकलमा सवार माझीलाई ठक्कर दिँएको थियो । ठक्कर दिने सवारी साधनको पहिचान हुन सेको छैन । 

घाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए पनि रकम अभावका कारण उनको शव अस्पतालमै रहेपछि स्थानीयले चन्दा संकलन गरेर करिब एक लाख ८० हजार अस्पतालमा भुक्तानी गरेर हिजो आइतबार जिल्ला अस्पताल कलैयामा पोस्टमार्टम गरि आज शबसहित सडकमा प्रदर्शन गरेका हुन् ।

पूर्ववडा अध्यक्ष मोहित चौधरीका अनुसार मृतक माझीका चार छोरा छोरी छन् । दुर्घटना भएको चार दिनसम्म पनि प्रहरीले फरार गाडी फेला नपारेपछि बाध्य भएर शव सडकमै ल्याएर आन्दोलन गर्नु परेको उनले बताए । 

आक्रोसित भिडले सडकमा अवरोध गर्दा करिब एक हजार सवारीसाधन सडकमा अलपत्र परेका छन् । उनीहरूले नाराबाजी र प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा उत्रिएकाहरूले जितपुर चोकमा सवारीसाधन अवरुद्ध पारेका छन्। 
 

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ