ताजा अपडेट »

रुपन्देहीको शुद्धोधनमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा बुटवलका शर्माको मृत्यु

सोमबार, १९ मंसिर २०७९, १२ : ०९
16 Shares

बुटवल । रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा सोमबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

दुर्घटनाबाट बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा परी गभ्मीर घाइते भएका शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ठक्कर दिने टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइ सकेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।