ताजा अपडेट »

मतदाताको भूमिका

शुक्रबार, २५ कार्तिक २०७९, ०८ : ०१
78 Shares

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोग,दल,उम्मेद्वारहरु लगाएत कार्यकर्ता तथा समर्थकहरु सक्रिय रहेका छन् । सबैले आ–आफ्नो तहबाट भूमिका निर्वाह गरिरहेका छन् । र, सबैलाई यो निर्वाचन प्रतिष्पर्धात्मक र चूनौतीका रुपमा छ भने त्यतिनै चूनौतीपूर्ण मतदातालाई पनि रहेको छ । यस पटकको चुनावमा मतदातासामु धेरै अन्यौल र विकल्पहरु रहेका छन् । निर्वाचन विशेषतः मतदाता केन्द्रितनै हुने गर्दछ। र, नतिजा पनि तर,मुलुकमा मतदाताको महत्व, भूमिका र योग्दानलाई केवल मतका लागि मात्रै प्रयोग गरिएको भन्ने आक्रोश रहँदै आएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकै आएको छ । अब निर्वाचन आउन एकसाता (मौनअवधी) मात्रै छ। पार्टीहरुले आफ्ना घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । उम्मेद्वारहरु एजेण्डा र आश्वासन लिएर टोल–टोलमा, मतादाताको घर–घरमा मात्रै होइन, कार्यक्षेत्रमै पुगेका छन् । ५ वर्ष अवधीका लागि जनप्रतिनिध तथा नेतृत्वमा पुग्नका लागि पार्टी तथा उम्मेद्वारहरुको तछाड–मछाड छ ।

निर्वाचित भई नेतृत्वमा पुग्ने लक्ष्य र आकांक्षाका साथ पार्टीहरुले आकर्षक तवरले प्रचार–प्रासार गर्नुका साथै ठूला–ठूला विकास निर्माणका योजना र विकासका योजना लिएर मतदातासामु पुगेका छन्,मत मागेका छन् । गणतान्त्रिक पद्धतिमा अगाडि बढेको नेपालमा विभिन्न दलहरु चुनावमा होम्मिएका छन् । अर्कातर्फ संविधानतः उम्मेद्वारी दिन पाउने र नेतृत्वको अधिकारको प्रयोग गर्दै स्वतन्त्र उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् ।

कतिपय उम्म्दवार कुनै दलबाट असन्तुष्टि वा दलबाट टिकट नपाएकै कारण स्वतन्त्र भन्दै बागी उम्मेद्वारी दिएका छन् । आसन्न निर्वाचन विगतका निर्वाचनभन्दा रोचक र अप्रत्याशित हुने संकेतहरु देखा परेका छन् । आसन्न निर्वाचनमा एकातर्फ सत्तारुढ गठबन्धन र अर्कोतर्फ तालमेलको प्रतिपक्ष गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुँदै छ। त्यसैगरी देशभरबाट स्वतन्त्र उम्मेद्वारहरुको उम्मेद्वारी र सक्रियताले यी दुबै गठबन्धनलाई चूनौती छ । र, त्यतिनै चूनौती यसपाली मतदातालाई पनि रहेको छ ।

नेपलामा हालसम्म परम्परागत रुपमा मतदान गर्ने शैलीले निरन्तरता पाउँदै आएको छ । यद्यपी २०६४ सालमा तत्कालिन समयमा जनयुद्ध छाडेर शान्ति सम्झौतापछि पहिलोपटक निर्वाचनमा आएको नेकपा माओवादी, पहिलो दल बनेको थियो । त्यसैगरी २०७४ को निर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फ अनपेक्षित मत प्राप्त गरेको थियो भने नयाँ दल विवेकशिलले पनि राम्रो मत प्राप्त गरेको थियो । वैकल्पिक शक्तिका रुमा गत निर्वाचनमा विवेशक र साझा दुई नयाँ दल प्रतिष्पर्धामा आएका थिए । तर, यतिबेल भने दुबै (एकिकरण भएका)दल शसक्त रुपमा प्रतिष्पर्धामा छैनन् ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ ५ दलीय गठबनधन,एमाले नेतृत्वको तीन दलीय गठबन्धन, रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेद्वारहरुबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । पूराना दलहरुको २ शसक्त गठबन्बन्धनबीच नयाँ दल र स्वतन्त्र उम्मेद्वारी दिएकाहरुबीचको प्रतिष्पर्धाको नतिजा मंसिर ४ पछि आउने नै छ । तर, कसलाई चुन्ने, कसलाई मतदान गर्ने ? भन्ने विषयमा सोँच्न र निर्णय लिन भने मतदातालाई मंसिर ४ सम्ममा पर्दछ ।

नेकपा एमाले,नेपाली कांग्रेस, नेकपा माओवादी,जनता समाजवादी, लोकतान्त्रिक समाजवादी,राप्रपा लगाएतका पुराना दलहरुमा आस्था राख्ने मतदाताहरु मध्ये धेरैले निरन्तरता नै दिने वा नयाँ दल वा स्वतन्त्रलाई मतदान गर्ने यो सोँचनिय हुन्छ । त्यसैगरी लामो समयदेखि निरन्तर निर्वाचन जितेर , नेतृत्व, सत्तामा रहेर पनि मुलुकमा अपेक्षित नेतृत्व र विकास गर्न नसकेको भनेर निर्वाचन प्रणालीमा आएका नयाँ दल र स्वतन्त्र उम्मेवारहरुलाई मत दिने,नदिने भन्ने विषयमा सोँचनीय रहेका छन् ।

यद्यपी निर्वाचनमा सबै दल, उम्मेद्वार प्रतष्पर्धी नै हुन् । त्यसैगरी सबै मतदातालाई स्वतन्त्र रुपमा आफूले चाहेको, इच्छाएको दल तथा उम्मेद्वारलाई मत दिने अधिकार र स्वतन्त्रता छ । निर्वाचनमा मतदाता सर्वेसर्वा मानिन्छन्, उनीहरुको मत संख्याको आधारमा नै आगामी नेतृत्व हुने हो जसले ५ वर्ष जनप्रतिनिधि र नेतृत्वको जिम्मेवारी प्राप्त गर्दछ ।

निर्वाचनका समयमा विभिन्न दल, उम्मेद्वारहरुले आफ्ना योजना र घोषणा पत्रसहित विभिन्न योजनाहरु लिएर मतदातासामु पुगेका छन् । पुराना दल र नेताहरु आफूले गरेका काम भन्दै प्रचारप्रसार गरिरहेका छन् । त्यसैगरी एक अर्कालाई दोषापरण गर्दै, अधूरा काम पूरा गर्ने भन्दै पुनः नयाँ योजनाका साथ आफूलाई मत दिन मतदातालाई आग्रह गरेका छन् । त्यसैगरी नयाँ योजना र पुस्तान्तरण वा युवा सहभागिताको एजेण्डासहित नयाँ दल, स्वतन्त्र उम्मेद्वारहरु पनि आफूलाई मत माग्दै मतदाता सामु पुगेका छन् ।

यस्तो समयमा कसले के, कति गरे, कसको योजना, एजेण्डा सही छ । कुन दल, नेता र उम्मेद्वारको सामथ्र्य कस्तो छ । कुन दल र उम्मेद्वारलाई मत दिँदा आगामी दिन, ५ वर्षमा र भविष्यमा कस्तो प्रभाव पार्दछ भनेर मूल्यांकन गर्ने,विष्लेषण गर्ने, मत दिने र नेतृत्वमा पठाउने जिम्मेवारी र चूनौती मतदातामा रहेको छ । तसर्थ आसन्न निर्वाचनका लागि मतदाताले पनि सोँच,विचार र तयारीका साथ मतदानका लागि तयार हुन आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।