ताजा अपडेट »

मेटमणि चौधरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार

बुधबार, २३ कार्तिक २०७९, १८ : ३८
24 Shares

काठमाडौं । मधेसी आयोगले शहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेशीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेशी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो ।

चौधरीले मधेशी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।