१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । गएराति डोटिस्थित खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु भई आएको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ मा ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार भूकम्पका कारण ८ जना घाइते भएका छन् भने १० घर पूर्णरुपमा क्षति भएको छ । 

Advertisement

‘अछाम, बाजुरा, कैलाली जिल्लामा समेत केही घरमा क्षति पुगेको सुचना प्राप्त भएको छ,’ गृहले विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउने व्यक्तिहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरुमा समवेदना प्रकट गरिएको छ । ‘तत्कालको खोज, उद्दार तथा राहतका लागि स्थानीय तहको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दा समेत परिचालन भई घाइतेहरुको उद्धार कार्य भई ६ जनाको स्थानीय अस्पतालमा र २ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको छ,’ गृहले भनेको छ । 

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण संकलनको कार्य स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन कार्यालय मार्फत भइरहेकोमा पूर्ण विवरण प्राप्त भएपछि जानकारी गराइने गृहले जनाएको छ । ‘विपद्मा मृत्यु भएका परिवारलाई तथा पूर्ण तथा आंशिक घर क्षति भएकालाई राहत रकम तत्काल वितरण गर्ने प्रबन्ध मिलाउनुका अतिरिक्त घाइतेहरुको उपचारको व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

गृहले भूकम्प प्रभावित क्षेत्रमा प्रदेश गोदाम घर घनगढीबाट एक ट्रक राहत सामाग्री पठाइसकिएको जानकारी गृहले दिएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै