१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौँ । नेपालमा ईन्टरनेटको सहजीकरण सङ्गै आइटी कम्पनीहरुको विकास हुँदै जाने क्रम शुरूवात भएको छ l प्रायः नेपालमा गुगल , फेसबुक, टिकटक र इन्स्टाग्रामको माध्यम बाट नयाँ कुराहरू खोजी गरिन्छ यी सवै बिदेशी लगानीका कम्पनीहरु हुन त्यसैले सहजरूपमा सेवा सुविधा लिन निकै कठिनाइ हुनुको साथै नेपालबाट बाहिरिने ठूलो रकम रोक्ने उदेश्य सहित कम्पनिको स्थापना गरिएको हो l

Advertisement

अहिले हरेक देशमा आफ्ना सर्च इन्जिन छन अब नेपाल र नेपालिको आफ्नै देशको सर्च इन्जिन बनाउने उदेश्यराखी नेपाली सर्च इन्जिन प्रा. लि.को शुरूवात भएको छ l सूचना तथा सञ्चारको क्षेत्रमा विश्वले फड्को मार्दै गर्दा धेरै नेपाली संघ-संस्थाहरु अझै पनि त्यसको पहुँच भन्दा बाहिर रहेका छन l नेपाल भित्र रहेका सबै संघ-सस्थालाई एउटै नेटवर्क भित्र समावेश गर्ने उद्देश्यका साथ नेपाली सर्च इन्जिन प्रा.लि. को स्थापना गरिएको हो ।

नेपालका सम्पुर्ण संघ संस्थाहरु , ब्यवसायहरुलाई अनलाइनको माध्यम बाट एउटै ठाउँमा सजिलोसँग जानकारी लिन सक्ने गरि अहिले नेपाली सर्च इन्जिनले आफ्नो कार्यलाई तीब्र रुपमा अगाडि बढाएको छ l नेपाली सर्च इन्जिनमा विभिन्न संघ-सस्थाको जानकारी तथा सेवा सुविधाको बारेमा जानकारी लिन सकिन्छ । सूचना तथा सञ्चारको युगलाई अझै छिटो र छरितो बनाइ नेपाली बजारको सेवा र जानकारी लिनका लागि नेपाली सर्च इन्जिन सबैको रोजाइ बन्दै जानेछ । कम्पनी स्थापनाको शुरूवातमा यो बिषयमा बजारमा बुझाउन गार्हो भएपनी पछिल्लो समयमा सबै ब्यवसायिहरुको रोजाइमा पर्न सकेको र छिटोभन्दा छिटो नेपालको पहिलो सर्च इन्जिनको रुपमा www.nepalisearchengine.com सबैको आकर्षक हुने दावी कम्पनीले गरेको छ l

अहिले वेबसाईटको माध्यमबाट सेवा सुरु गरेको र नेपाली सर्च इन्जिनको मोबाइल एप्लिकेसन छिटोभन्दा छिटो बजारमा आउने कुरा कम्पनीले जनाएको छ l नेपाली बजारमा आइटी कम्पनीहरुको विस्तार हुँदै गर्दा फरक खालको सेवाहरु दिने नेपाली सर्च इन्जिन नेपालकै पहिलो कम्पनी रहेको कम्पनीको दावी छ l नेपाली सर्च इन्जिनले आफ्नो सेवाहरु लुम्बिनी प्रदेशबाट शुरु गरेको र अहिले आफ्नो सेवाहरुलाई चितवन , काठमाडौ , झापा , मोरङ्ग र सुनसरी बाट समेत दिइरहेको कम्पनीले जनाएको छ र आगामी बर्षमै आफ्ना सेवाहरुलाई देशभर बिस्तार गर्ने कम्पनीले जनाएको छ l

नेपालभर सयौलाई रोजगारी समेत दिने योजना कम्पनीको छ l नेपाली सर्च इन्जिनमा सबै संस्थाको जानकारी र सेवाको बारेमा आफुलाई जुन स्थानिय तहमा आवश्यकता भयो त्यही स्थानीय तहमा आवश्यकता अनुसारको विवरण www.nepalisearchengine.com भित्र सर्च गरि खोज्न सकिने कुरा कम्पनीले जनाएको छ l नेपाली सर्च इन्जिनले नेपालभर संचालनमा रहेका सम्पुर्ण पसल संघ संस्था, ब्यवसाय, उद्योगहरु तथा ब्यवसायिक ब्यक्तिहरुको सम्पूर्ण जानकारी सहित अनलाइन प्रोफाइल न्युनतम शुल्कमा बनाइ व्यवसायको प्रवर्द्धन,बिस्तार र प्रचारप्रसार गर्ने गरेको छ l

नेपाली सर्च इन्जिनको सहयोगमा आफ्नो उत्पादनहरुलाई अनलाइनको माध्यमबाट सहजरूपमा बिक्रीवितरण गर्ने , होटल बुकिङ्ग सेवा उपलब्ध गराउने , हस्पिटल र क्लिनीकका डाक्टरहरुको Appointment लिन सकिने , जागीर खोज्ने र दिने बिचमा समन्वय गराइने , सेकेन्ड ह्यान्ड बजारीकरण र घरजग्गा बिक्री तथा भाडामा लिनेदिने सुबिधा रहेको र आगामी दिनहरूमा सुविधाहरुलाई पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ l

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै