१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । रुपन्देहीको बुटवल अमरपथ स्थित टक्सार कम्पलेक्समा क्यानभास युनिसेक्स सैलुन तथा एकेडेमी संचालनमा आएको छ । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा सैलुन व्यवसाय संचालन गर्दै आएकी ब्रिटिना गिरीले सैलुन तथा एकेडेमी संचालनमा ल्याएकी हुन । बुटवलको अमरपथ स्थित उपमहागनर स्थित टक्सार कप्लेक्सको तेस्रो तलामा सैलुन तथा एकेडेमीको एक समारोहका बिच विधिवत रुपमा शुभारम्भ गरिएको छ ।

Advertisement

बुटवल लगायत आसपासका क्षेत्रमा पछिल्लो समय हेयर स्टाइल, स्कीन सुरक्षा, मेकअप लगायत श्रृङ्गारको क्षेत्रमा फरक पहिचान स्थापनका लागी सैलुनको स्थापना गरिएको सैलुन तथा एकेडेमीका संचालक ब्रिटिना गिरीले बताईन । पछिल्ला समय हेयर तथा स्किन सुरक्षा तर्फ आम मानिस सचेत भएको अवस्थामा आफुले पनि थप व्यवस्थापन सहित सैलुन तथा एकेडेमी संचालनमा ल्याएको उनको भनाई छ । क्यानभास सैलुनले शुभारम्भको अवसरमा सेवाग्राहीलाई विभिन्न छुट सुविधा सहित विभिन्न प्याकेजहरु संचालनमा ल्याएको छ ।

सैलुनले प्रिमियम प्याकेज र स्टयान्र्डड प्याकेज अन्र्तगत विभिन्न हेयर स्टाइल, हेयर कट, मेकअप, स्किन केयर, नेल आर्ट लगायका सुविधाहरु सहुलियत रुपमा प्रदान गर्ने गरी प्याकेज समेत संचालन गरिएको उनले बताईन । लामो सयम यस क्षेत्रमा काम गरेका दक्ष, अनुभवी नौ जना मेकअप आर्टिस्टहरुले सेवा प्रदान गर्ने छन् । अमरपथको टक्सार कम्पलेक्समा झण्डै एक करोडको लगानीमा संचालनमा आएको सैलुनमा विभिन्न अन्तराष्ट्रिय ब्रान्डका स्तरीय सामाग्रीहरुको माध्यमबाट सेवा प्रदान गरिने उनले बताईन ।

यस अघि पनि बुटवलमा आफुले सैलुन व्यवसाय नै संचालन गर्दै आएकोमा पछिल्लो समय बजारको अवस्था, माग र हेयर, स्किन, नेल तथा मेकअप सम्बन्धीको क्रेजलाई मध्यनजर गर्दै सैलुनलाई थप परिमार्जन र व्यस्थित गर्र्दै नयाँ योजनाका साथ संचालनमा ल्याएको उनको भनाई छ । क्यानभास यु्निसेक्स सैलुन मात्र नभइ एकेडेमीको रुपमा पनि स्थापना गर्दै अगाडी बढ्ने योजना उनको रहेको छ । उनी भन्छिन “ पछिल्ला समय हेयर सैलुन व्यवसाय तर्फ पनि युवाको आर्कषण बढ्दो रहेको छ । साथै बजारमा दक्ष कामदारको अभाव पनि छ यसकारण पनि हामीले सैलुन सँगै यस क्षेत्रमा दक्ष जनशक्ति उत्दापन गर्ने लक्ष्यका साथ एकेडेमी पनि संचालनमा ल्यााएका हौ ” ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै