ताजा अपडेट »

भूकम्पपछिको पश्चिम नेपालको अवस्थालाई नियालीरहेका छौंः अमेरिकी राजदूत

बुधबार, २३ कार्तिक २०७९, १२ : ०५
12 Shares

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले गएरातिको भूकम्प पश्चात पश्चिम नेपालको अवस्थालाई नियालीरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । 

गएराति सुदूरपश्चिमको डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भुकम्प गएको थियो । उक्त भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ‘पश्चिम नेपालमा गएका धेरै भूकम्पका बारेमा हामी जानकार छौं र अवस्थालाई हामीलाई नियालीरहेका छौं,’ राजदूत थम्पसनले भनेका छन् ।  राजदूत थम्पसनले भूकम्पका कारण परिवारका सदस्य गुमाएकाहरुप्रति समवेदना प्रकट गरेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।