ताजा अपडेट »

वर्षाका कारण ६ जनाको मृत्यु

बुधबार, २३ कार्तिक २०७९, १० : ३९
26 Shares

काठमाडौँ। डोमिनिकन रिपब्लिकमा भीषण वर्षाका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ । राजधानी सान्टो डोमिङ्गोका केही क्षेत्रमा एकै दिनमा मासिक औसतभन्दा दोब्बर वर्षा भएको छ ।

भारी बर्षा नजिकिदै गरेको थाहा पाएपनि एक्कासी परेको पानीले अचम्ममा परेको मौसमविद्ले बताएका छन् । भारी वर्षाका कारण सडकहरु जलमग्न भएका छन् । वर्षापछिको बाढीले विभिन्न स्थानका सडक खण्ड अबरुद्ध भएका प्राप्त विवरणहरुमा जनाइएको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।