ताजा अपडेट »

डोटीमा भूकम्पबाट ६ जनाको मृत्यु

बुधबार, २३ कार्तिक २०७९, ०६ : ५७
25 Shares

काठमाडौं  । डोटीमा भूकम्पले घर भत्काउँदा मृत्यु हुनेको संख्या छ पुगेको छ । पूर्वीचौकी गाउँपालिका- ३ को गैरा गाउँमा उक्त घटना भएको हो ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले नेपाल प्रेसलाई बताए ।

मंगलबार राति २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज खप्तड बाबाको आश्रम केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५।७ रेक्टरको भूकम्प गएको थियो । गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।