७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सत्तारुढ दलहरु बीच प्रतिनिधि सभाका लागि लुम्बिनी प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ । गठबन्धन दलहरु बीच भएको छलफल तथा सहमति अनुसार लुम्बिनीका ५ वटा क्षेत्र बाहेकमा करिब सहमति जुटेको हो ।

Advertisement

लुम्बिनीका २६ सिट मध्ये सहमति १२ सिट नेपाली काँग्रेस, ६ सिट नेकपा माओवादी केन्द्र, ३ सिट नेकपा समाजवादी तथा जसपा र जनमोर्चाले १–१ सिट पाउने करिब टुङ्गो लागेको छ भने बाँकी ३ सिटमा टुङ्गो लाग्न बाँकी देखिन्छ । सैभन्दा बढी निर्वाचन क्षेत्र भएको रुपन्देहीमा ५ वटा क्षेत्र मध्ये ३ वटा क्षेत्रका लागि सहमति जुटेको छ भने बाँकी २ वटामा सहमति जुट्न सकेको छैन । रुपन्देही क्षेत्र नम्बर १ र २ मा सहमति जुट्न नसकेको हो । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ । यसैगरी क्षेत्र नम्बर २ मा पनि सहमति जुटेको छैन । यस क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीले दाबी गरेका छन् । बाँकी रहेका क्षेत्रहरु ३, ४ र ५ मा कांग्रेसलाई छाड्न अरु दल सहमत भएका छन् ।

नवलपरासी पश्चिममा पनि दलहरु मिल्न सकेका छैनन् । क्षेत्र नम्बर १ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने २ कांग्रेसलाई छाड्न सत्तारुढ गठबन्धनका दलहरु सहमत देखिएका छन् । पाल्पा जिल्लामा समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेको जिल्ला भएका कारण सहमति हुन केही गाह्रो देखिएको छ । पाल्पाका २ वटा क्षेत्र मध्ये काँग्रेस र समाजवादी एक–एक वटा लिने भने पनि दुबै दलका रोजाई एउटै क्षेत्र हुँदा सहमति हुन सकेको छैन । क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले दाबी गरे पनि सोही क्षेत्रमा आफ्ना सम्धी पाण्डेलाई जसरी पनि टिकट मिलाउन समाजवादी अध्यक्ष नेपालले दबाब दिईरहेका छन् । क्षेत्र नम्बर १ छाड्नका लागि दुई वटै दल तयार भए पनि २ नम्बर क्षेत्र आफूले पाउनु पर्ने दलहरुको दाबी छ ।

गठबन्धन दलका एक नेताका अनुसार कपिलवस्तुको क्षेत्र नम्बर १ माओवादी केन्द्रले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ । अर्घाखाँची कांग्रेसको भागमा तथा प्युठानमा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पाउने निश्चित प्राय भएको छ । गुल्मीको १ कांग्रेसले लिनेछ भने २ एकीकृत समावादीलाई छाड्न गठबन्धनका दलहरु सहमत भएका छन् । रुकुम पूर्व र रोल्पा माओवादी केन्द्रको भागमा परेको छ भने दाङको १ एकीकृत समाजवादी, २ माओवादी र ३ कांग्रेसको भागमा परेको छ । बाँकेको क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ कांग्रेसले लिने छन् भने बर्दियाको १ कांग्रेस र २ माओवादीको भागमा पर्ने लगभग टुंगिएको छ ।

यद्यपी मुलुकभरको सिट संख्याका आधारमा गठबन्धन दलहरु बीच सहमति हुने भएका कारण हालसम्म भएको सिट बाँडफाँटमा अन्तिमसम्म केही तलमाथि हुन सक्ने सम्भावना पनि रहेको छ । माओबादी अध्यक्ष पुस्पकमल दाहालले सिट बाँडफाँटमा सञ्चार माध्यममा आएको जस्तो नभएको उल्लेख गर्ने गरेका छन् । १६५ सिटका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा दलहरुको आ-आफ्नै अडानका कारण काँग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदल असफल भएको छ । प्रतिनिधिकै कुरो नमिलेपछि प्रदेशसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गर्ने एजेण्डामा हालसम्म प्रवेश गर्न सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल