ताजा अपडेट »

परराष्ट्रमन्त्री डा. खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

बुधबार, २९ भदौ २०७९, १७ : ०६
18 Shares
बुधबार, २९ भदौ २०७९
18 Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् ।  एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् ।  एलिजावेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो । एलिजावेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् । बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।