ताजा अपडेट »

कालो झण्डा देखाउनेलाई रिहा गर्न ओलीको आग्रह

सोमबार, २७ भदौ २०७९, १७ : ५९
30 Shares

जनकपुरधाम । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परेका थिए । 

तर, ओलीले उनीहरुलाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् । गलत सूचनाका आधारमा उनीहरु कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरुलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।