७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

इटहरी । बुधबारदेखि नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल (ई–क्यान) ले शैक्षिक मेला गर्ने भएको छ । ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार बुधबार (भोलि) बिहान ८ बजे इटहरीको दुर्गा पार्टी प्यालेसमा शैक्षिक मेलाको उद्घाटन हुनेछ । विशेषगरी युवा विद्यार्थी वर्गलाई लक्षित गरी शैक्षिक मेला आयोजना गर्न लागिएको लकान्द्रीले बताए ।

Advertisement

‘शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीहरूलाई सिनेमा हलको निःशुल्क टिकट समेत वितरण गरिनेछ,’ उनले भने, ‘विद्यार्थीहरूलाई हामीले सहजीकरण गर्ने उदेश्यले यो मेलाको आयोजना गरिएको होे ।’ उनले सहभागी विद्यार्थीहरूलाई सिनेमा हलको निःशुल्क टिकट समेत दिइने बताए ।

उनका अनुसार कार्यक्रममा ई–क्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे साथै विभिन्न शिक्षा क्षेत्रका व्यक्तिहरूको सहभागी हुनेछ । ई–क्यानले बुधबार २२ गते इटहरीको दुर्गा पार्टी प्यालेस, २३ गते बिहीबार धरानको सिद्वि नेवा परिषद्को भवन र २४ गते शुक्रबार विराटनगरको नमस्कार होटलमा शैक्षिक मेलाको आयोजना हुने ई–क्यान पूर्वाञ्चलका निवर्तमान अध्यक्ष रोशन निरौलाले बताए ।

उनका अनुसार ५ बजेसम्म सञ्चालन हुने मेलामा दैनिक एक हजार भन्दा बढी विद्यार्थीहरूले अवलोकन गरी परामर्श लिनेछन् ।
विभिन्न ठाउँका व्यवसायीहरूले राखेको स्टलमा विद्यार्थीहरूले परामर्श गर्ने तथा उनीहरूलाई दक्ष एवम् अनुभवी व्यक्तिहरूबाट परामर्श समेत दिइने बताइएको छ । तीनदिने मेलाको कुल लागत २५ देखि २६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल