६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

British flag

लन्डन । बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता छनोट हुँदै छन् । छानिएका नेता देशको नयाँ प्रधानमन्त्री हुनेछन् । नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो । नेता बन्ने दौडमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषी सुनक छन् । भावी कन्जरभेटिभ नेतामा ट्रसको सम्भावना धेरै रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । 

निर्वाचित भएमा ट्रस मारगेट थ्याचर र थेरेसा मेपछि देशको तेस्रो प्रधानमन्त्री हुनेछिन् । मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय ट्रस आफ्ना प्रतिष्प्रर्धी ४२ वर्षीय सुनकभन्दा लगातार अगाडि छिन्। आर्थिक अनियमितता र काण्डपछि बोरिस जोनसनले राजीनामाको घोषणा गरेसँगै नेतृत्वको प्रतिष्प्रर्धा जुलाईबाट सुरु भएको थियो ।

८ साता लामो अभियानपछि शुक्रबार हुलाक तथा अनलाईन भोटिङ सम्पन्न भएको थियो । यसलाई ट्रसले ‘इतिहासमै लामो अन्तवार्ता’ भनेकी छिन् । तथापि, भोटले आम जनताको राय प्रतिबिम्बित गर्न सक्दैन । यु गभले अगस्टको अन्त्यमा गरेको सर्वेक्षणमा ५२ प्रतिश ट्रसको प्रतिशतमा रहेको देखाएको थियो । तर, ४३ प्रतिशतले उनलाई विश्वास नगर्ने बताएका थिए ।-एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट