६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । ३ दिन अघि उदयपुरमा एकै परिवारका तीन जनाको हत्या घटनाका अभियुक्तलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । अँस्ती शुक्रबार विहान उदयपुरको बेलका नगरपालिका –७ गोबटारका ३७ बर्षीय राजकुमार बस्नेत , ३३ बर्षीया उनकी श्रीमति सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेत सहित तीन जनालाई स्थानीय ४३ बर्षीय नरुबहादुर बस्नेतले खुकुरी प्रहार गरि हत्या गरेका थिए । उनिहरुको शव बोवटारस्थित वाबिङ्गखोलामा फेला परेको थियो ।

घटना स्थलमा पुगेका प्रहरी उपरिक्षक सहितको टोली अनुसन्धानका क्रममा निज नरबहादुर बस्नेतले हत्या गरि शव फालेर फरार भएको पाए पछि तत्तकालै खोजतला सुरु गरिएको थियो । खोजतलासका क्रममा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले बेलका नगरपालिका–६ बरबोटे भन्ने स्थानमा भाग्दै गरेको अवस्थामा पे खुकुरी सहित पक्राउ गरिएको १ नम्वर प्रदेश कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक नविनराज राईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको र जिल्ला अदलात उदयपुरमा म्याद थप गरि ज्यान सम्वन्धि कसुरमा थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक राईले बताए । के रिसईवीका बारेमा हत्या भयो भन्ने बिषयमा अनुसन्धान चलिरहेको उनको भनाई छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट