६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारी, रोट्याक्ट क्लव अफ बुटवल चौतारी र भैरहवा चौतारीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

बुटवलको आम्दा अस्पताल परिसरमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रमको आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धुब्र श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले वातावरण संरक्षण र हरियाली प्रबद्र्धनका लागि रोटरी, रोट्याक्ट क्लवहरुले गरेको योगदानको प्रसंसा गरे ।

वृक्षारोपण कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष के.सीले बातावरणलाई स्वच्छ र हराबरा बनाउन वृक्षारोपण कार्यक्रम गरिएको बताए । उनले क्लबले वृक्षारोपण गर्ने मात्र नभई त्यसलाई हुर्काउने र हराबरा बनाउने दायित्व क्लबको रहेको भन्दै वृक्षारोपण स्थललाई निगरानी राखिने बताए।

अस्पताल परिसरमा आंप, लिची, तेजपत्ता, निमका विरुवाहरु वृक्षारोपण गरिएको छ । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा वृक्षारोपण कार्यक्रमका संयोजक थानेश्वर पाण्डेको स्वागत, विदुर ज्ञवालीको धन्यवाद तथा सचिव सुदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट