भैरहवा । सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा सतिश कुमार कौशल (दिपक) सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार भैरहवामा सम्पन्न संघको प्रथम अधिवेशनले कौशलको नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा राजन विश्वकर्मा, उपाध्यक्ष किस्मत विश्वकर्मा र द्धितिय उपाध्यक्षमा प्रेम रामदाम चयन भएका छन् । यसै गरि महासचिवमा सुनिल सेन्चुरी, कोषाध्यक्षमा धु्रव लामगादे, सचिव मिलन मिलन रामदाम र सहसचिवमा गणेश बिक र सह कोषाध्यक्षमा किरण लामगादे चयन भएका छन् ।
सदस्यहरुमा मोहन सेन्चुरी, प्रशान्त रामदाम, किरण रामदाम, अमन लामगादे, दिपेन लामगादे, सुमित लामगादे गणेश रसाइली, बिनोद रसाइली सुरज सोनी, राधेश्याम सुनार र बलराम सुनार चयन भएको संघका उपाध्यक्ष किस्मत विश्वकर्माले जानकारी दिए । समितिमा २ जना सदस्य कार्यसमितिले निर्णय गरि थप्ने उनले जनाए ।
प्रतिक्रिया