७ आश्विन २०८०, आईतवार

Sep 24, 2023


बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डबीच भेटवार्ता भएको छ ।

Advertisement

बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा शुक्रबार बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग नगर प्रमुख पाण्डेयले बुटवलको विकास, यहाँका प्रयासहरु र बेलायतसँग गर्न चाहेको सहकार्यका बारेमा बताए।
भेटवार्ताका क्रममा प्रमुख पाण्डेयले सहमति, सहकार्य, एकता र मेलमिलापका आधारमा बुटवललाई आर्थिक केन्द्रको रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताए । उनले औद्योगिक र पर्यटकीय हिसाबले पनि बुटवल अगाडि बढ्दै गरेकाले समग्र विकासका लागि सहकार्य गर्न प्रस्ताव गरे ।
‘हामीले बुटवललाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार, उद्योग, कलकारखानाजस्ता क्षेत्रमा अग्रणी बनाउन चाहिरहेका छौं, उनले भने-त्यसका लागि बेलायतको तर्फबाट के कसरी सहकार्य गर्न सम्भव हुन्छ, त्यसमा चासो दिनका लागि मेरो अनुरोध छ ।’

उनले बुटवलमा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण भइसकेको र प्रदर्शनी स्थल निर्माणका क्रममा रहेकाले पनि बुटवलले अन्तरराष्ट्रिय स्तरका काम गर्नका लागि तयार भएको बताए। नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने बेलायती मन्त्रीलाई बुटवलको जितगढी किल्ला र आसपासका पर्यटकीय स्थलको भ्रमण गर्नका लागि राजदुतावासकी विकास निर्देशक वर्डमार्फत निम्तो दिए ।

नगरप्रमुख पाण्डेयले बुटवलमा मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्र र गृहणी महिला रोजगार कार्यक्रममा बेलायत सरकारले सहकार्य गर्न सक्ने भएकाले आवश्यक परामर्श र सहकार्यका लागि प्रस्ताव गरे। उनले बेलायतको विकासबाट सिकेर बुटवलको विकासलाई अझै दिगो र लाभदायी बनाउनका लागि बेलायतको शहरसँग भगिनी सम्बन्ध कायम राख्न चाहेको र यसका लागि आवश्यक समन्वय र सहकार्य गर्नका लागि अनुरोध गरे ।

भेटका क्रममा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलको बारेमा जानेर आफुलाई खुशी लागेको र सम्भव भएसम्मका सहकार्य गर्ने बताए । उनले स्थानीय सरकारहरुसँग कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेकोले बुटवललाई प्राथमिकतामा राख्ने र सहकार्यका लागि प्रयास गर्ने बताए। निर्देशक वर्डले मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्रमा बुटवलसँग सहकार्य गर्न इच्छुक रहेको भन्दै आगामी दिनमा सहकार्यका लागि हात अघि बढाउने बताए ।

उनले नेपालमा बेलायत सरकारले लामो समयदेखि सहकार्य गर्दै आएकोले आगामी दिनमा पनि सहकार्य गर्ने र त्यसमा बुटवललाई पनि प्राथमिकतामा राख्ने विश्वास दिलाए ।
भेटका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, युएनओपिएस प्रोजेक्ट कोहेरेन्स युनिटका टीम लिडर डुयेन जोन्स र बुटवल कार्यालयका प्रमुख सन्तोष खतिवडाले भेटवार्ताको सहजीकरण गरेका थिए । बुटवल उपमहानगरपालिकाका प्रमुख र निर्देशक वर्ड नेतृत्वको टोलीले शनिबार बिहान बुटवलस्थित जीतगढी किल्लाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल