७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

Advertisement

पर्सा । मिटरब्याजीको चङ्गुलमा फसेर सास्ती खेप्नुपरेको तथा घरबारविहीन हुन पुगेको भन्दै बुधबार वीरगञ्जमा एकैपटक तीन घरपरिवारका सदस्यले संयुक्तरूपमा पत्रकार सम्मेलन गरेका छन् । सबै जग्गा जमिन बेचेरे दिए पनि अहिलेसम्म कर्जा जस्ताको तस्तै रहेको भन्दै पीडितले मिटरब्याजीलाई कारवाहीको माग गरेका छन् ।

रौतहटको मौलापुर नगरपालिका–२ सोनरनियाका दयाशङ्करप्रसाद यादवले २०७६ साल असोज महिनामा बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसँग १४ लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको व्याजबापत उनले रु ४२ लाखभन्दा बढी तिरिसकेको भए पनि ऋण चुक्ता हुन नसकेको दयाशङ्करकी आमा सुनैना देवी र श्रीमती सन्ध्या यादवले बताइन् । उनीहरुले मिटरब्याजी अनिललाई कारवाहीको माग गरे । 

ऋण चुक्ता गर्ने बेला नगदमा पैसा लिएको तर विश्वासका लागि भन्दै ऋण लिने तथा तमसुक बनाउने बेला मिटरब्याजी अनिलले लिएको चेक हाल पैसा दिए पनि जानीजानी बाउन्स गराई आफ्नो छोरालाई कारागार पठाउन बाध्य बनाएको ७३ वर्षीया आमा सुनैना देवीले गहभरी आँशु पार्दै भनिन् । उनले मिटरब्याजीका कारण आफ्नो परिवार सडकमा आएको गुनासो गरिन् । अनिल बाराकै प्रसौनी गाँउपालिका–३ नौतन गण्डकस्थित रामजानकी आधारभूत विद्यालयमा कार्यरत शिक्षक रहेको बुझिएको छ । आफू मिटरब्याजीको धन्दा चलाउने व्यक्ति नभएको र आफ्नो बद्नामी चाहने व्यक्तिहरुले आफूविरुद्ध उजुरी हालेको उनको भनाइ छ । 

हालै सरकारले मिटरब्याजीविरुद्ध उजुरी हाल्न आह्वान गरेपछि शिक्षक अनिलविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा सुनैना देवीसँगै तीन जनाको उजुरी परेको छ । अनिलविरुद्ध सुनैनासँगै बाराकै कलैया उपमहानगरपालिका–१ का युगलकिशोर यादव र महागढीमाई नगरपालिका–७ का किशोरीप्रसाद यादवले पनि उजुरी हालेका छन् । उजुरीकर्ता युगलकिशोरले २७ लाख रुपैयाँ ऋण दिएर ८१ लाख रुपैयाँको कपाली तमसुक बनाएको र हाल पैसा सबै चुक्ता गरे पनि बन्धकी राखिएको कागज फिर्ता दिन आलटाल गरिरहेको बताए । 

त्यस्तै अनिलसँग मिटरब्याजमा ७५ लाख रुपैयाँ ऋण लिएको तर उक्त ऋणको ब्याज मात्रै पाँच करोड रुपैयाँ तिरिसक्दा पनि ऋणको साँवा र ब्याज अझै तिर्न बाँकी रहेको देखाइएको अर्का पीडित किशोरीप्रसाद यादवको दुखेसो छ ।  -रासस

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’ शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : देवराज घिमिरे