ताजा अपडेट »

पल शाहको मुद्धाको पेशी आज

मंगलबार, १४ भदौ २०७९, १० : ३८
32 Shares
मंगलबार, १४ भदौ २०७९
32 Shares

पोखरा । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ । नावालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ । मुद्धाको फैसला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लड्न सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्ये एक खाले फैसला आउन सक्नेछ । 

गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।