१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

मुगु। हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर अर्थात् चन्दननाथ नगरपालिकाका जुम्लाका उपप्रमुख रामदेवी खड्काले ११ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा पाएको  मध्ये ८ हजार १ सय क्विन्टल खाद्यान्न ढुवानी भएको र बाँकी २ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी नगर्दा मुगुमा चामलको अभाव हुने संकेत देखिएको हो ।  

Advertisement

खाद्यान्न अभाव देखिन थालेपछि हप्ताको आइतबार मात्र खाद्यान्न खुला हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात भए पनि बजारको भन्दा ४ सय रुपौयाँ प्रति प्याक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सस्तो हुने भएकाले  चामल लिनेको निकै भीड हुने गरेको छ । उता संस्थानमा खाद्यान्न मौज्दात नहुँदा सास्ती भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ की स्थानीय मायादेवी सुनारले बताइन् । 

उनी मात्र होइन मुगुका नागरिक बजारको महँगो चामल किनेर खान बाध्य भएका छन् । बजारमा आएको चामल प्रति २५ केजी प्याकको २ हजार १ सयदेखि २ हजार २ सयसम्म मूल्य हालेर खान बाध्य छन् स्थानीय । आइतबार मात्र खाद्यान्न खुला हुँदा घण्टौ लाइनमा कुर्नु पर्ने अवस्था रहेको छ । यसले गर्दा मुगुका नागरिकले पञ्चायत कालको सम्झना गरेका छन् । पञ्चायत कालमा एक प्याक दश केपी चामल लिँदा नेता र सिडिओको कुपन लिई लाइन बस्नुपर्ने अवस्था थियो । संघीयता आइपुग्दा पनि लाइनमै बस्नु पर्ने अवस्था आउनु मुगुका जनताका लागि दुखद भएको स्थानीय धर्मसिंह कामिले गुनासो गरे ।

आर्थिक वर्ष २०७८/०८९मा स्वकृत अनुसारको खाद्यान्न ठेक्कादारले सबै खाद्यान्न ढुवानी नगर्दा अहिले गोदाममा ७ सय ५० क्विन्टल चामल मौज्दात रहेको छ । हरेक दिन खाद्यान्न वितरण गर्दा सबै एकै दिन सकिने भएको हुँदा केही दिन पहिलादेखि मुगुमा आइतबार मात्र खाद्यान्न खुला गरी वितरण गर्ने गरेका छौं । गएको आइतबार मात्र एकै दिन  ३ सय ६९ जनाले चामल वितरण  गर्दा १ सय ६ क्विन्टल ८० केजी चामल विक्री वितरण भएको छ । 
खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले २ हजार ९ सय क्विन्टल खाद्यान्न समयमै ढुवानी नगर्दा समस्या भएको हो ।गाडीको तेलको मुल्य वृद्धिले ठेकेदारले पनि चामल ढुवानी नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुका कार्यालय प्रमुख पुष्कर भामले बताए । यता मुगु जिल्लाको खत्याड, मुगमकामारो गाँउपालिकाको पुलु ,सोरुको सोरु डिपो, कालैको कालै बिक्री केन्द्र रातापानी बिक्री केन्द्रमा खाद्यान्न नहुँदा डिपो र बिक्री केन्द्र खाली रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण