ताजा अपडेट »

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

सोमबार, २३ साउन २०७९, १० : ३९
12 Shares

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता (पाँच जना प्रवक्ता मध्येका एक) ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् ।

त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।

जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको थियो । उनकै वडामा राप्रपाले १६ मत मात्र ल्याएको थियो ।भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदाउठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँथे । उनले ‘नेपालका लागि नेपाली’ अभियानबाट गतिविधि गर्दै आएका थिए । 

२०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।