६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । मानवको जीवनशैलीलाई सहज बनाउन वास्तु ज्ञानको महत्व महत्वपुर्ण भएको बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । वास्तु शास्त्र र वास्तु ज्ञान मावन जीवनका लागि आवश्यक हुने र वास्तुलाई बुझेरमात्र भौतिक संरचनाहरु निर्माणमा जोड दिदा उत्तम हुने बताइएको छ ।

Advertisement

बुटवल लेडी जेसीजले आईतबारदेखि सुरु गरेको जेसीज सप्ताहको शुभारम्भ कार्यक्रमको अवसर पारि आयोजना गरिएको वास्तु ज्ञानबारे जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा ज्योतिष पण्डित जनार्दन न्यौपानेले वास्तुलाई ध्यान दिएरै घर लगायतका भौतिक संरचना निर्माणमा जोड दिनु पर्ने बताए । उनले मानिसको जीवनसँग प्रत्यक्ष घर (निवास) जोडिएकाले घर निर्माणका लागि वास्तु ज्ञानलाई विशेष ध्यान दिन आग्रह गरे ।

बुटवल लेडि जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणि उपाध्यक्ष अनिल बहादुर शाही, राष्ट्रिय उपाध्यक्ष सन्दीप अग्रहरी, बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष रेखा कट्टेल, बुटवल जेसिज अध्यक्ष चन्द्रमणि भुसाल, जेसीआई काउन्सिलर सुमन कृष्ण श्रेष्ठ, लेडि जेसीजका पुर्ब अध्यक्ष सिनेटर राधिका पोखरेल, बुटवल जेसीजका पुर्ब अध्यक्ष राजिव गौतम, जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष रबिन पोखरेल,जेसिज सप्ताहका मुल संयोजक प्रभा गौतमलगायतले जेसीज सप्ताहको सफलताको शुभकामना दिए ।

आईतबारदेखि सुरु भएको जेसीज सप्ताह विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम गरेर आउने शनिबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सहित मुल समारोहबाबीच सकिने लेडी जेसिजका महासचिव संगीता ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ