१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । तिलोत्तमा–२ योगीकुटीस्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफई संस्थाको उपाध्यक्षमा केशवप्रसाद शर्मा तिवारी निर्वाचित भएका छन् ।

Advertisement

शनिबार सम्पन्न भएको उपनिर्वाचनमा विष्णु भण्डारीलाई २२ मत अन्तरले पराजित गर्दै तिवारी उपाध्यक्षमा निर्वाचित भएका हुन् । खानेपानी संस्थाका १०१ जना मतादातामध्ये ९७ मत खसेकोमा तिवारीले ५९ मत प्राप्त गरेका छन् भने भण्डारीले ३७ मत पाएका छन् । एक मत बदर भएको थियो ।

तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति पार्टी बीचको सहमतिअनुसार संस्थाको अधिवेशनमा उपाध्यक्ष पद कांग्रेसको भागमा परेको थियो । स्थानीय निर्वाचनमा संस्थाका उपाध्यक्ष डिलबहादुर भट्टराईले पदबाट राजीनामा दिई तिलोत्तमा–२ को अध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्ष पद रिक्त भएको थियो ।

रिक्त उपाध्यक्ष पद नेपाली काँग्रेसको भागमा परेको भन्दै नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले उक्त पदमा पार्टीको आधिकारिक उम्मेदवार विष्णु भण्डारीलाई अगाडि सारेको थियो । पार्टीले गरेको सिफारिस र निर्णय प्रक्रिया प्रति असहमति जनाउदै काँग्रेसकै तर्फबाट संस्थामा सल्लाहाकार रहेका तिवारीले पदबाट राजीनामा दिई सोही पदमा उम्मेदवारी दर्ता गराएपछि उपाध्यक्ष चयनका लागि निर्वाचन भएको हो ।

नेपाली काँग्रेसले सिफारिस गरेका आधिकारिक उम्मेदवार भण्डारीको पक्षमा सहमति जुटाउन र निर्वाचन प्रक्रियामा नजान अन्तिम समयसम्म प्रयास गरेपनि प्रयास सफल हुन नसकेपछि भएको उप निर्वाचनमा आधिकारिक उम्मेदवार भण्डारीलाई पराजित गरी तिवारी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

उप निर्वाचनका लागि संस्थाका सल्लाहकारहरु हरिप्रसाद तिवारी संयोक तथा कमलप्रसाद पौडेल र बेलप्रसाद शर्मा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नव निर्वाचित उपाध्यक्ष तिवारीलाई शनिबार नै निर्वाचन संयोजक तिवारीले पद तथा गोपनियतताको सपथ ग्रहण र संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले पदवहाली गराएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर