२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १५,
ग्लोबल आवाज
तिनाउ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर १ आरखोङ्डीमा बाख्रा पालन सम्बन्धि एक दिन अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो । तिनाउ गाउँपालिका पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले गाउँपालिका क्षेत्र बाख्रा पालनका लागि उत्तम स्थान रहेको बताउँदै व्यवसायीक रुपमा लाग्न आग्रह गरे ।

भारतबाट हुने मासुको आयातालाई घटाउनका लागि गाउँपालिकाभित्र गरिने बाख्रा पालनले केहीहदसम्म भएपनि सहयोग गर्ने बताउँदै गाउँपालिकाले बाख्रा पालनमा जोड दिएको बताए । बाख्राको मलबाट कृषि उत्पादन वृद्धि गर्नका लागि समेत उत्तम हुनेहुँदा दोहोरो फाइदा लिन सकिने उनले बताए । वडा नम्बर १ का अध्यक्ष रोमबहादुर लम्तरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी चक्रव्यूह थापा, गाउँपालिका जनजाति समन्वय समितिका अध्यक्ष रेवन्त छहरी, स्थानीय एमान सिं चिदी लगायतले बोलेका थिए ।

कार्यक्रममा ३५ जना बाख्रा पालक कृषकहरुको सहभागीता रहेको थियो । पशु चिकित्सकहरु हरि सुवेदी र मिनबहादुर लम्तरीले सहजीकरण गरेका थिए । उन्नत जातका बाख्राहरु, आहारा र खोर व्यवस्थापन, प्रजनन् प्रक्रिया, रोग र परजीवीहरु लगायतका विषयमा सजहजीकरण गरिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने