९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

मंसिर १५,
ग्लोबल आवाज

Advertisement

बुटवल । सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले प्रचलित कानूनहरु समयमै नबन्दा अपेक्षाकृत विकास निर्माण हुन नसकेको बताएका छन् । पुराना कानून खारेज नहुदाँसम्म विकासले गती लिन नसक्ने भन्दै मेयर कार्कीले सुशासन एवम् विकासको अनुभुती हुने कानुन निर्माण गरि कार्यान्वयनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए ।

अवको विकास बैज्ञानिकरुपले दिर्घकालसम्मका लागी गर्नुपर्ने बताउँदै उनले कार्याशालामा प्रस्तुत भएका खाकाहरुलाई नगरपालिकाले अबलम्बन गर्ने बताए । सैनामैनामा सडक सुधार कार्ययोजना सम्बन्धी आजदेखि सुरु भएको कार्याशाला गोष्ठि बोल्दै उनले सो कुरा बताएका हुन् ।
बार्षिक ठेक्का प्रणाली समयमै नहुदा सडकहरु जिर्णहुँदै गएको नेपाल सरकारका पुर्व सचिव तथा वरिष्ठ इन्जिनीयर पुर्ण कडेरियाले बताए । गोष्टिको सहजीकरण गर्दै उनले आयोजनाहरु वहुवर्षीय हुनुपर्ने बताए ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा न.१ देखि ११ सम्मका जनप्रतिनिधीको सहभागिता रहेको थियो । रुपन्देहीका ६ वटा स्थानीय तहका १५ जना इन्जिनीयर बिच कार्यक्रममा छलफल भएको छ । सडकको दिगो विकासका लागी सडकको अवस्था, सडक सम्पति व्यवस्थापन, सडकको जिवन चक्र प्रणाली, सडकमा इन्जिनीयरको भुमिका लगायतका विषयमा छलफल हुने भएको हो ।

यस्तै २ दिन सम्म चल्ने गोष्टिमा भोलि सैनामैनाका विभिन्न मार्गहरुको अवस्थालाई अवलोकन गर्ने तयारी रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । सैनामैना नगरपालिकाको आयोजना तथा बेलायति सस्था एफिक डेफ्टको सैनामैना नगरपालिकाको आयोजना तथा बेलायति सस्था एफिक डेफ्टको प्राविधीक सहयोगमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीले जित्यो १२० पालिका प्रमुख १९९ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी ३२० पालिका प्रमुखमा कांग्रेसको जित उपत्यकामा एकैदिन १७ सय ५२ चालकमाथि कारवाही, ८७ जना मापसे गरी सवारी चलाउने कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ: महामन्त्री शर्मा अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै