Jun 7, 2023
मंसिर ११,
ग्लोबल आवाज
बुटवल । विभिन्न उद्योग,व्यवसाय,संघसंस्थाहरुमा नेतृत्व तथा काम गरिरहेका उद्योगी/व्यवसायी तथा नेतृत्वहरुका लागि विशेष प्रशिक्षण ‘टोटल क्वालिटी म्यानेजमेण्ट ट्रेनिङ्ग’ आयोजना हुँदैछ । यहि मंसिर १२ देखि १४ सम्म तीन दिने हुने तालिममा श्रीलंकाबाट आउने अन्तराष्ट्रिय प्रशिक्षक सकुुन्तला गुनेटिलिकेले प्रशिक्षण गर्नेछिन् ।
नेपाल अट्स आल्मुनियम सोसाइटी र ग्लोबल पब्लिसिटीको आयोजनामा तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने कार्यक्रममा रुपन्देहीका ३० भन्दा बढी उद्योगी÷व्यवसायीहरुको सहभागिता रहनेछ । अन्तराष्ट्रिय स्तरको सो प्रशिक्षण तथा सेमिनारमा गुणस्तरीय व्यवस्थापन,प्राविधिक समस्या समाधान,समय व्वस्थापन,व्यवसायिक तथा व्यक्तित्व विकास लगाएतका शिर्षक तथा विषयहरुमा प्रशिक्षण हुने आयोजकले जनाएका छन् ।
प्रतिकृया दिनुहोस्