२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

दैलेख । व्यवसायिक रुपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् । व्यवसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरुलाई प्रोत्साहन तथा सम्मान गरेको हो । कार्यालयको वार्षिक कार्यक्रम अन्तरगर्त भैरबी गाउँलिका–७ को उज्यालो साना किसान सहकारी संस्था २० हजार रुपैयाँ नगद पुरस्कारसहित मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ ।

Advertisement

यस्तै किसान प्रोत्साहनतर्फ ३१ जना किसान नगद पुरस्कार सहित सम्मानित भएका छन् । सम्मानित हुने किसानहरुमा राना कृषि तथा पशुपंक्षी फर्मका रोहितकुमार राना, प्रेमबहादुर खड्का, जनकबहादुर कटुवाल, नवराज जैसी, माधवप्रसाद जैसी, सिता अधिकारी, जयबहादुर थापा, लोकबहादुर बोगटी, पृथ्विबहादुर बस्नेत, हरिबहादुर बस्नेत, तिर्थराज बस्नेत, टोपबहादुर बागटी छन् । यस्तै गगनबहादुर बस्नेत, तिलबहादुर बस्नेत, विष्णुबहादुर बस्नेत, गगनबहादुर आले, कृष्णबहादुर आरसी, विनोद रोकाय, रतनबहादुर शाही, सम्झना बुढा, दिपक केसी किसान प्रोत्साहनतर्फ नगदसहित सम्मानित भएका छन् ।

प्रोत्साहनतर्फ भैसी पालन समेत गरिरहेको दुल्लु नगरपालिका–२ को नरेश्वर उद्यमशिल आधारभुत विद्यालय समेत ३० हजार रुपैयाँ सहित सम्मानित भएको छ । त्यसैगरी ठाटीकाँध गाउँपालिका–६ को न्यू देउती कृषि तथा पशुपंक्षी फर्म सञ्चालक नेमबहादुर विस्ट, आठबीस नगरपालिका–३ को जैसी कृषि तथा पशुपंक्षी फर्म, भैरबी गाउँपालिका–७ को आचार्य कृषि तथा पशुपंक्षी पालन फर्म, झरना कृषि तथा पशुपंक्षी पालन फर्म समेत प्रोत्साहन कार्यक्रम अन्तरगर्त नगदसहित सम्मानित भएका छन् । प्रोत्साहन कार्यक्रमबाटै किसानहरु रमा लामिछाने, नन्दा थापा, झलक प्रसाद पौड्याल, शान्ता शाही र र लछुमन बुढा समेत सम्मानित भएका छन् ।

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तरगर्त कर्णबहादुर शाही, टेकबहादुर थापा, पदमबहादुर बुढा, रुद्धप्रसाद सुवेदी, भवानीप्रसाद भट्टराई, रमादेवी शाही, नैनबहादुर रोकाय, कृष्णलाल जैसी, दिपक विसी, किशोरकुमार थापा र शेरबहादुर सिजापति नगदसहित पुरस्कृत भएका हुन् । उनिहरुलाई जनहि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

पशु सेवा कार्यालयले शुक्रवार उत्कृष्ट कृषक प्रोत्साहन तथा सम्मान कार्यक्रम आयोजना गरि किसानहरुलाई पुरस्कारसहित सम्मान गरेको हो । उक्त कार्यक्रममा प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्माले कृषि व्यवसायलाई व्यवसायीकरण गर्नका लागि संघ, प्रदेश र स्थानीय तहले नविनतम् कार्यहरु अघि सारेको बताए । उनले अब कृषि तथा पशुपालन व्यवसायलाई सामुहिकीरण गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले व्यवसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएर पुरस्कृत एवं सम्मानित भएका किसानहरुले टोल छिमेकका अन्य घरपरिवारलाई समेत कृषि पेशामा आबद्ध गराउन पहल गर्नुपर्ने बताए ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भिमबहादुर विस्टले उत्कृष्ट कृषक प्रोत्साहन तथा सम्मान कार्यक्रमका लागि आवेदन पेश गरेका किसानहरुको घर–घरमा पुगेर अनुगमन गरेपछि मापदण्ड पुगेका आधारमा छनौट गरी पुरस्कृत एंव सम्मान गरिएको बताए । प्रमुख विष्टले कार्यालयले प्रमुख तीन वटा कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेको जानकारी दिए । कार्यालयबाट व्याज अनुदान, लागत साझेदारी, लक्षित वर्ग विशेष कार्यक्रम सञ्चालन गरिएको प्रमुख विस्टले बताए ।-न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप दिया मास्के भन्छिन्- ‘प्रकाश’ मा सीताकाे क्यारेक्टरले धेरै सिकायाे