ताजा अपडेट »

डाइभर्सन निर्माणपछि खुल्यो पूर्व–पश्चिम राजमार्ग, कस्ताे छ अन्य सडककाे अवस्था ?

विहीबार, १६ असार २०७९, ०९ : ०२
4 Shares

बुटवल । पूर्व–पश्चिम राजमार्ग हाज विहानैदेखि सूचारु भएको छ । वर्षासँगै बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरूद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । रातभर डाइभर्सन निर्माणको काम गरेर विहान ३ बजेदेखि एकतर्फी तथा विहान ५ बजेपछि दुई तर्फी सडक खुलाउन सफल भएको हो ।

मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो । डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरू गरेका छन् ।

यता बुटवल–पाल्पा सडक खण्ड पनि सूचारु भएको छ । हिजो साझदेखि नै उक्त सडक सुचारु भएको हो । वर्षाका कारण माथिल्लो सिद्धबाबा नजिकै खहरे खोलाले बगाएर ल्याएको गग्रेटो र ढुङ्गाका कारण सडक अवरुद्ध भइरहने समस्या रहेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार याे समाचार तयार पार्दासम्म लुम्बिनी प्रदेश भित्रका कुनै पनि मूख्य सडकहरुमा अबराेध रहेका छैनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।