Jun 6, 2023
काठमाडौँ । हालै गरिएको एक नयाँ अध्ययन अनुसार बालबालिकाको खानपानमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । अन्यथा, फ्याटी लिभरको समस्या पछि गएर क्यान्सरको कारक बन्न सक्दछ ।
नयाँ अध्ययनले जनाए अनुसार गुलियो खाद्य पदार्थ तथा चिसो पेय पदार्थको सेवन कम गरेर पनि मोटोपना हुनबाट जोगिन सकिन्छ । आजकल वयस्क तथा बालबालिकामा मोटोपना समस्याको रुपमा देखिरहेको छ । अमेरिकाको एमरी युनिभर्सिटी स्कुल अफ मेडिसिनका शोधकर्ता मरियम वोसले १३ वर्ष उमेरका करिब ४० बालबालिकामा गरेको अध्ययनबाट यो कुरा पुष्टि भएको हो । जस अनुसार मरियमको टिमले बालबलिकाको एउटा समूहलाई एडेड शुगरयुक्त खाद्य पदार्थ परेज गर्न सुझाव दिएको थियो । आठ साता पश्चात्त यो समूहका बालबालिकामा लिभरको स्वास्थ्यमा उल्ल्लेख्य सुधार आएको पाएको थियो ।
चिकित्सकहरुका अनुसार फ्याटी लिभर दुई किसिमको हुन्छ । एक अल्कोहोलिक फ्याटी लिभर जसमा अल्कोहलको अत्याधिक सेवनले लिवर – कलेजो सुन्निन थाल्छ र त्यसमा फ्याट (बोसो) जम्न थाल्छ ।दोश्रो नन अल्कोहोलिक फ्याटी लिभर हो । जसमा अन्यको कारणले गर्दा लिभरमा फ्याट जम्मा हुने गर्छ । दुवै अवस्थामा फ्याटी लिभर जटिल मानिन्छ, जसले गर्दा यसबारे जान्न जो कसैका लागि आवश्यक छ । – साझापोष्ट
प्रतिकृया दिनुहोस्