२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर १०,

Advertisement

काठमाडौँ । भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने उक्त कार्यक्रममा ४० भन्दा बढी देशका पर्यटन मन्त्रीलाई समेत अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट एकैपटक झाँकी प्रदर्शनी पनि हुने योजना बनाइएको छ । कार्यक्रममा विभिन्न देशका मेयरलाई पनि अतिथिका रूपमा निम्तो दिइनेछ । राजधानीबाहेक देशैभर प्रदेश र स्थानीय तहमा पनि औपचारिक उद्घाटन कार्यक्रम गर्ने निर्णय समितिले गरेको छ । भ्रमण वर्षका अवसरमा नेपाल भित्रिने पर्यटकलाई अलि फरक तरिकाबाट स्वागत गर्ने निर्णय पनि समितिले गरेको छ । खासगरी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने पर्यटकलाई हात्ती प्रयोग गरेर स्वागत गर्ने योजना बनाइएको छ । समितिको बैठकले भ्रमण वर्षको तयारी स्वरूप केही योजनाहरूमा पनि निर्णय गरेको छ । बैठकले विदेश जाने नेपालीलाई प्रचारप्रसार सामग्री वितरण गर्ने, नेपालभित्र उत्पादन हुने वस्तु र सार्वजनिक यातायातमा भ्रमण वर्षको लोगो प्रयोग गर्ने, सार्वजनिक स्थलमा पुरात्वतिक महत्व नबिग्रने गरी ‘लाइटिङ’ गर्ने निर्णय गरेको छ ।


भ्रमण वर्षसँग सम्बन्धित गीत तयार गर्ने, नेपाल भित्रिने जहाजमा नेपालबारे जानकारी दिने अडियो प्रस्तुत गर्ने, बाह्रै महिना सरसफाइ कार्यक्रम चलाउने, सम्भव भए विश्वकै अग्लो बुर्ज खालिफा टावरमा भ्रमण वर्षको प्रस्तुति राख्ने योजना पनि तयार भएको छ । त्यस्तै विदेशका औपचारिक कार्यक्रममा सरकारको तर्फबाट जाँदा अनिवार्य रूपमा कोसेली लिएर जानुपर्ने निर्णय पनि समितिले गरेको छ । यस्तै विदेशमा नेपालको कूटनीतिक उपस्थिति रहेका ठाउँमा जनवरी ७ मा औपचारिक रूपमा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिने भएको छ । भ्रमण वर्षका लागि तयार गरिएका योजनाका विषयमा सम्बन्धित निकायले सक्रिय रूपमा काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सबैलाई आफ्नो जिम्मेवारीअनुसार काम गरेर भ्रमण वर्ष सफल बनाउन मन्त्री भट्टराईले आग्रह गरे । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ । – गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता