२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर ९,

Advertisement

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवती महिलालाई क्यालसियम निःशुल्क उपलब्ध गराउने भएको छ । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४ औं बैठकले स्वास्थ्य संस्थामार्फत् क्यालसियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्यालसियम खानुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवती महिलालाई क्यालसियम नियमित खान सिफारिस गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ । नगरपालिकाको यो निर्णयसँगै अब तिलोत्तमाका सबै गर्भवती महिलाले आइरन चक्कीसँगै क्यालसियम पनि निःशुल्क प्राप्त गर्नेछन् ।

शिशुको हड्डी तथा मानसिक विकासको लागि क्यालसियम आवश्यक पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । आमाको गर्भबाटै बच्चाले आवश्यक पोषक तत्वहरु पाउन सकुन् भन्ने उद्देश्यले गर्भवती महिलालाई क्यालसियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । ‘कार्यपालिकाबाट नीतिगत निर्णय गरेका छौं । आवश्यक प्रक्रियापछि सबै गर्भवती महिलाले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत् निःशुल्क क्यालसियम पाउनुहुनेछ ।’ नगर प्रमुख घिमिरेले भने । संभवत तिलोत्तमाले यस क्षेत्रमैं पहिलो पटक क्यालसियम निःशुल्क वितरण गर्ने निर्णय गरेको हो । तिलोत्तमा नगरपालिकाका दश वटा सरकारी स्वास्थ्य संस्थामार्फत् वार्षिक तीन हजार बढी महिलाहरुले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् । नगर उप–प्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनैपनि शिशु पोषकतत्वको अभावबाट प्रभावित हुन नपरोस् भनेर क्यालसियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताए ।

भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास ठान्न नहुने भन्दै उनले बच्चाको स्वास्थ्य राम्रो हुनु ठूलो विकास हुने बताए । क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रुक्सना हकले क्यालसियमले गर्भवती महिलामा ढाड दुख्ने, हड्डी खिइने जस्ता समस्यालाई पनि कम गर्ने बताइन् । ‘हाम्रोजस्तो मुलुकमा पोषणमा सुधार ल्याउन गर्भवती महिलाका लागि क्यालसियम अनिवार्य छ । हामीले सबै महिलालाई क्यालसियम खान प्रेसकिप्ट गर्छौं । यसले आमा र बच्चा दुवैलाई राम्रो गराउँछ ।’ उनले भनिन् । तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवा–सुविधाको अतिरिक्त बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताए । तिलोत्तमामा सेमरा बजार र आनन्दवन स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छन् । सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने योजनाअनुरुप चालु आर्थिक वर्षमा तिलोत्तमामा थप ५ वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुँदैछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता