२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर ८,

Advertisement

बुटवल । भारतीय नक्साविरुद्ध आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । नेपालीभूमि भारतले अतिक्रमण गरेको भन्दै महासंघले नेपाल–भारतको प्रमूख सिमा नाकाहरुमध्येको एक बेलहिया (सुनौली) नाका दशगजा क्षेत्रमै पुगेर भारतले गरेको सिमा अतिक्रमण विरुद्ध विरोध सभा गरेको हो ।

विरोध सभामा बोल्दै नेपाल मगर संघका केन्द्रिय भाषिक उपाध्यक्ष दल बहादुर वीरकट्टा मगरले भारतले नेपालको सार्वभौमिता खोसेको उल्लेख गरे । भारतीयहरु झै कहिल्यै पनि कसैको उपनिवेशमा नबसेको नेपाली जनताको भूमि अतिक्रमण गरेर सार्वभौमिकता र स्वाभिमानमा ठेस पु¥याएको प्रष्ट पारे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), रुपन्देहीका अध्यक्ष सनु थापा, नेफिन रुपन्देहीका पूर्व उपाध्यक्ष दल बहादुर छन्त्याल, नेपाल तामाङ घेदुङ्ग जिल्ला समिति, रुपन्देहीका अध्यक्ष कृष्ण मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समन्वय परिषद्का उपाध्यक्ष दुर्गा प्रसाद क्षेष्ठ, थारु कल्याणकारीणी सभा सिद्धार्थनगरका सचिव रेखा प्रसाद चौधरी, साहित्यकार विजय सागर लगायतले बोल्दै भारतसँग सिमा जोडिएको क्षेत्रमा काँडे तारवारको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । सरकारसंग श्रोत नभए जनश्रमदानबाट सिमानामा तारबार गर्न आफुहरु तयार रहेको उनीहरुको भनाई थियो । सुनौली क्षेत्रका भारतीय नागरिकहरु समेत उल्लेख्य उपस्थिति रहेको विरोध सभामा सुनौली नाकाका स्थानिय भारतीय नागरिकहरुलाई भूमि अतिक्रमण नगर्न सन्देश लिएर मोदीलाई सुनाउन सभामा बोल्नेहरुले आग्रह गरेका थिए ।

विरोध सभामा बोल्नेहरुले भारतको हेपाहा र भूमिअतिक्रमण गर्ने बिस्तारवादी नीतिका कारण मित्र मूलुक नरहेकोमा जोड दिए । छिमेकी मूलुक भएपनि अब मित्र मूलुक नरहेको उनीहरुको तर्क थियो । यदि सरकारले सिमा मिचिएको विषयमा ठोस कदम चाल्न नसक्ने भए यहाँका राष्ट्रवादी र भूमिपूत्रहरुले यसको जिम्मा लिएर समस्या समाधान गर्न सक्षम रहेको दावी गरे ।

विरोध सभामा महासंघका रुपन्देही जिल्ला उपाध्यक्ष वीर बहादुर लामा, सह–सचिव इन्द्र राई, बुटवल नगर अध्यक्ष अरुणकमार श्रेष्ठ, तिलोत्तमा अध्यक्ष आसा गुरुङ, सिद्धार्थनगर अध्यक्ष चन्द्र बहादुर राना, नेपाल मगर संघ, थारु कल्याणकारी सभा, नेवा पुचः, नेवा झिगुं समाज, थकाली, छन्त्याल, कुस्वाडिया, कुमाल, भूजेल, गुरुङ लगायत एकल जातीय संगठनहरु समेत सहभागी रहेका थिए ।

कोण सभा अघि भैरहवाको देवकोटा चोकबाट विरोध ¥याली सुरु भई बेलहिया नाका पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले लिपुलेक हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, अतिक्रमित भूमि फिर्ता गर जस्ता नारा लगाएका थिए । भारतद्वारा गरिएको भूमि अतिक्रमण विरुद्ध दवाव सिर्जनाका लागि रुपन्देहीको हरेक स्थानीय तहमा सिमा अतिक्रमण विरुद्ध विरोध कार्यक्रम गर्ने महासंघले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता